११ बैशाख २०८१, मंगलवार

भ्रामक समाचार प्रचण्डमाथि ढुङ्गा प्रहार: जिल्ला प्रहरी कार्यालय सुर्खेत

prechanda surkhet

जिल्ला प्रहरी कार्यालय सुर्खेतले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि ढुङ्गामुढा प्रहार भएको समाचार गलत भएको जनाएको छ ।

सामाजिक सञ्जाल फेसबुकमा ‘प्रचण्डमाथि सुर्खेतमा ढुंङ्गा प्रहार अवस्था गम्भीर’ भन्ने स्ट्याटस सार्वजनिक भएपछि त्यो गलत भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतले आफ्नो फेकबुकमा ‘आज मिति २०७८साल फागुन २७ गतेको दिन नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश समितिको आयोजनामा सञ्चालित राजनैतिक तथा वैचारिक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्न सुर्खेत आउनु भएकोमा हाल सामाजिक सञ्जालमा उहाँ माथि ढुङ्गा मुढा प्रहार भएको भनी समाचार तथा सूचना केही व्यक्ति तथा मिडियाले अनर्गल तथा आधा रहिन रूपमा सम्प्रेषण गरेको पाइएकोले यसमा कुनै पनि सत्यता नभएको ब्यहोरा अनुरोध गरिन्छ,’ फेसबुकमा लेखिएको छ ।

‘साथै यस प्रकारका झुटा भ्रमपूर्ण र शान्तिसुरक्षाको दृष्टिकोणले गम्भीर प्रकृतिका सूचनाहरू सम्प्रेषण गरिएको पाइएमा विद्युतीय कारोबार ऐन, २०६३ बमोजिम कारबाही हुने ब्यहोरा समेत सूचित गरिन्छ ।’