७ बैशाख २०८१, शुक्रबार

प्रत्येक उम्मेदवारले ५ करोडसम्म प्रतिनिधिसभा निर्वाचनमा खर्च गर्न पाउनुपर्ने दलहरुको माग

election meeting1646997798

राजनीतिक दलहरुले आगामी निर्वाचनमा उम्मेदवारको खर्च सीमा ५ करोड रुपैयाँसम्म गर्न माग गरेका छन् ।

शुक्रवार निर्वाचन आयोगमा राजनीतिक दलहरुसँगको छलफलमा केही राजनीतिक दलहरुले ५ करोडसम्म खर्च गर्न पाउनुपर्ने माग राखेका हुन् । केही दलहरुले प्रतिनिधिसभा निर्वाचनको खर्च सीमा ५ करोडसम्म बनाउनुपर्ने माग राखेका हुन् । चुनाव खर्चको सीमा वैज्ञानिक नभएको भन्दै उम्मेद्ववारको खर्च सीमा बढाउनुपर्ने उनीहरुको भनाइ थियो ।

तर नेकपा माओवादी केन्द्रका निर्वाचन विभाग प्रमुख लिलामणि पोखरेलले भने बैठकमा कम खर्चमा धाँधलीरहित निर्वाचन सम्पन्न गर्नुपर्ने बताउनुभएको थियो ।

बैठकमा निर्वाचन प्रचारप्रसारका क्रममा उपयोगमा आउने सामाजिक सञ्जालको दुरुपयोगको नियमन गर्न दलहरुले आयोगलाई ध्यानाकर्षण गराएका थिए। सो क्रममा आयोगले छुट्टै साइबर क्राइम ब्युरो बनाउने र त्यसका लागि विज्ञसँग छलफल गरी निचोडमा पुग्ने बताएको छ। आयोगका प्रवक्ता शालीग्राम पौडेलले साइबर सुरक्षा गठन बारे विज्ञसँग छलफल गरिने जानकारी दिनुभयो ।