१६ चैत्र २०८०, शुक्रबार

कलाकार समेत रहेका पलका म्यानेजर कृष्ण पक्राउ

krishna joshi

नायक पल शाह एक नाबालिकालाई बलात्कार गरेको आरोपमा विगत केही दिनदेखि प्रहरीको हिरासतमा छन् । उनलाई जिल्ला प्रहरी कार्यलय, तनहुँले पक्राउ गरेको हो । पललाई अहिले गैडाकोटको हिरासतमा राखिएको छ । उनी विरुद्ध गैडाकोटमा पनि उजुरी परेको थियो ।

यसैविच, जिल्ला प्रहरी कार्यलय तनहुँले पलका म्यानेजर कृष्ण जोशीलाई पनि पक्राउ गरेको छ । उनलाई यो मुद्दाको बिषयमा बयान दिने जाने क्रममा प्रहरीले आज पक्राउ गरेको हो ।

पल शाह पक्राउ पर्नु अगाडि कृष्णले मिडियामा आएर उनी विरुद्ध आफू र केही व्यक्तिहरुले मिलेर षड्यन्त्र गरेको बयान दिएका थिए । साथै, उनले पललाई आफू र केही व्यक्तिहरु मिलेर सकाउने योजना बनाएको समेत बयान दिएका थिए ।

कलाकार समेत रहेका कृष्ण जोशी केही बर्षदेखि पलको म्यानेजरको रुपमा काम गर्दै आएका थिए ।

    सम्बन्धित समाचार...