१३ बैशाख २०८१, बिहीबार

संसदबाट एमसीसी पारित भएपछि गठबन्धन सुरक्षित भएको छ : प्रचण्ड

prechanda surkhet

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले एमसीसी संसदबाट पारित भएपछि गठबन्धन सुरक्षित भएको बताउनुभएको छ ।

पार्टीको प्रशिक्षणको सिलसिलामा शुक्रबार वीरेन्द्रनर आइपुग्नुभएका अध्यक्ष प्रचण्डले सुर्खेत विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै एमसीसी पारित नभए गम्भीर प्रकृतिको असर पर्ने भएकाले यसलाई १२ बुँदे ब्याख्यात्मक घोषणासहित पारित गरिएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘१२ बुँदे ब्याख्यात्मक घोषणासहित पारित भएको एमसीसी दीर्घकालीन किसिमले नेपालको राष्ट्रिय एकतालाई सुदृढ गर्ने प्रकृतिको छ ।

अमेरिकाको एमसीसीको समर्थन भइसकेपछि अझै महत्व बढ्दै गएको छ । यसले गर्दा गठबन्धन पनि सुरक्षित भएको छ । निर्वाचनसम्म वा अझै परसम्म गठबन्धन जाने बाटो पुगेको छ । सरकार सुरक्षित भएको छ । धेरै कुरा टरेको छ । नेपालीका लागि यो खुशीको कुरा हो ।’

उहाँले राष्ट्र फेरि एकजुट भएको बताउनुभयो । एमसीसी संसदबाट पारित भएपछि माओवादीभित्रै मतभेद् भएको र विभाजन हुने भनेर चर्चा भए पनि केन्द्रीय समितिबाट देखिएका मतभेदको समाधान भइ पार्टी एकताबद्ध भएको र एउटै विचारका आधारमा निर्वाचन अभियानमा जाने र एमसीसीको विषयमा एउटा फोरमबाट निष्कर्ष निकाल्नेगरी समधान भएको बताउनुभयो ।