१२ बैशाख २०८१, बुधबार

१६ वर्ष अघिको हत्याका आरोपित पक्राउ

ashok gurung

जिल्ला प्रहरी कार्यालय कास्कीले १६ वर्षअघिको एक हत्या घटनाका फरार अभियुक्त अशोक गुरुङलाई पक्राउ गरेको छ ।

१६ वर्षअघि कास्कीको सात मुहाने भन्ने ठाउँमा सुनसरीबाट मजदुरी गर्न पोखरा आएका २० वर्षीय रोजन राईको हत्या गरेको आरोपमा ४६ वर्षका गुरुङ पक्राउ परेका गरिएको जिल्ला प्रहरी कार्यालय, कास्कीले जनाएको छ ।

गुरुङलाई इन्टरपोलको सहयोगमा बहराइनबाट पक्राउ गरी बुधवार पोखरा ल्याएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । गुरुङलाई जिल्ला अदालतबाट म्याद थपेर थप अनुसन्धान गर्न लागिएको जिल्ला प्रहरी कार्यालय कास्की प्रमुख एसपी रमेश थापाले जानकारी दिनुभयो ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी सुन्दर तिवारीले घटनाका प्रत्यक्षदर्शीको भनाइ र घटनास्थल मुचुल्काका आधारमा अनुसन्धान अघि बढाइ गुरुङलाई पक्राउ गरिएको बताउनुभयो ।

सुनसरी धरानका रोजन राई साबिक लेखनाथ नगरपालिका–१३, सात मुहानेस्थित खुदी खोलामा ग्याबिन तारमा ढुङ्गा भर्ने काम गर्थे । प्रहरीका अनुसार २९ वैशाख ०६३ को राति करिब ८ः४५ बजे गुरुङले राईलाई कुटपिट गरी गम्भीर घाइते बनाएका थिए ।

टाउकोमा दाउरा प्रहारले गम्भीर घाइते भएका राईलाई उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पुर्‍याइएको थियो । तर, उपचारकै क्रममा २ जेठ २०६३ मा उनको मृत्यु भयो ।

घटनापछि गुरुङ फरार थिए ।