७ बैशाख २०८१, शुक्रबार

गाउँपालिका अध्यक्षमा विजयी क्षेत्री एमालेबाट काँग्रेस प्रवेश

photo234

२०७४ सालको स्थानीय तहका निर्वाचनमा नेकपा (एमाले)बाट बलेफी गाउँपालिका अध्यक्षमा विजयी केदार क्षेत्री मंगलबार नेपाली काँग्रेस प्रवेश गर्नुभएको छ।

प्रधानमन्त्री शेरबहादुर देउवाको हातबाट पार्टी सदस्यता लिएर अध्यक्ष क्षेत्री काँग्रेस संगठनमा आबद्ध हुनुभएको हो। एमाले सिन्धुपाल्चोकमा प्रभावशाली नेताको पहिचान बनाउनु भएका क्षेत्री एमाले बागमती प्रदेश सचिवालय सदस्य समेत हुनुहुन्थ्यो।

अध्यक्ष क्षेत्री संगै एमालेका जिल्ला कमिटी सदस्य कृष्ण क्षेत्री, अर्का जिल्ला कमिटी सदस्य सुवास सुन्दास, विष्णु तिमल्सिना लगायत तीन सय एमाले कार्यकर्ता काँग्रेस प्रवेश गरेका छन्।

काँग्रेसमा आबद्ध भएर जनताका सेवा गर्ने नवप्रवेशी क्षेत्रीले जानकारी दिनु भएको छ। नेपाली काँग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतको पहलमा उहाँहरु काँग्रेस प्रवेश गर्नु भएको थियो।

नवप्रवेशी क्षेत्रीले काँग्रेसमा आबद्ध भएर काँग्रेस संगठन विस्तारमा लागेर तीनै तहका सरकारमा काँग्रेसलाई जिताउन लाग्ने बताउनु भएको छ। काँग्रेस युवा नेता सुवास तिमल्सिनाले गाउँपालिकाका अध्यक्ष काँग्रेस प्रवेश गरेपछि एमाले, माओवादी, राप्रपा लगायतका पार्टीका कार्यकर्ता काँग्रेस प्रवेश गर्न थालेको जानकारी दिनुभएको छ। नवप्रवेशीलाई क्षमता अनुसारको पद दिइने नेकाँ केन्द्रीय सदस्य बस्नेतले जानकारी दिनुभयो।

uml congress