८ बैशाख २०८१, शनिबार

अर्ली इलेक्सन’को पक्षमा एकीकृत समाजवादी

madhav nepal1640521141
फाइल फोटो

सत्तारुढ नेकपा एकीकृत समाजवादी पार्टी ‘अर्ली इलेक्सन’को पक्षमा देखिएको छ ।

एकीकृत समाजवादीले संसद अवरोध कायमै हुने हो भने निर्वाचनमा जानुपर्ने तर्क गरेको हो ।

प्रतिनिधिसभाको बैठकपछि एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सदन चल्न नदिने तर भत्ता खाने प्रवृतिको अन्त्यका लागि प्रतिनिधि सभा विघटन गरेर निर्वाचनमा जानुपर्ने बताउनुभयो ।

माधव नेपालसहितका १४ सांसदलाई पदमुक्त गर्नुपर्ने माग गर्दै सदन अवरुद्ध पार्दै आएको एमालेले भने स्थानीय तहको निर्वाचन भाड्न अर्ली इलेक्सनको चर्चा गरिएको आरोप लगाएको छ । एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले स्थानीय तह निर्वाचन धकेल्न सत्ता गठबन्धनले षड्यन्त्र थालेको आरोप लगाउनुभयो ।

तर, नेकपा माओवादी केन्द्रका नेता वर्षामान पुनले संसद विघटन गरेर निर्वाचनमा जान अहिले नै सम्भव नरहेको प्रष्ट्याउनुभएको छ ।

संसद विघटन र निर्वाचनबारे सत्तारुढ गठबन्धनमा छलफल हुँदै आएको छ । एमालेको पनि भित्रि मनसाय अर्ली इलेक्सन नै भएको नेताहरुले संकेत गर्ने गरेका छन् ।