६ बैशाख २०८१, बिहीबार

एक करोड ५० लाख नगदसहित हुन्डी कारोबारी पक्रा

arest

एक करोड ५० लाख नगदसहित प्रहरीले काठमाडौंको बाफलबाट हुन्डी कारोबारीलाई पक्राउ गरेको छ ।

महानगरीय अपराध महाशाखाको टोलीले काठमाडौंको बाफल बस्ने अमित अग्रवाललाई पक्राउ गरेको महानगरीय प्रहरी कार्यालयका एआईजी हरि पालले जानकारी दिनुभयो ।

अग्रवाल अवैध हुण्डी करोबारमा संलग्न भएको सूचनाका आधारमा त्यहाँ पुगेको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको पालले बताउनुभयो ।