१६ चैत्र २०८०, शुक्रबार

अनुमाेदन गरेकाे एमसिसीलाई औचित्य छैन भन्नु संसदकाे अवमूल्यन : महामन्त्री थापा

gaganthapa09th
फाइल फोटो

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारले निर्णय गरेर संसद्ले व्याख्यात्मक टिप्पणीसहित एमसिसी पारित गरेकोलाई औचित्य छैन भन्नु संसद्को अबमूल्यन भएको बताउनुभएको छ ।

विराटनगर विमानस्थलमा आज (शनिवार) सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले हाम्रो आफनो सन्धि, ऐन र अन्तर्राष्ट्रिय कानुनले पनि व्याख्या गर्ने अधिकार हामीमा सुरक्षित गरेको प्रष्ट पार्नुभयो । महामन्त्री थापाले व्याख्यामा केही नयाँ नभएको बताउँदै सन्धि सम्झौतामा जे छ त्यही बुझाइलाई स्पष्ट पारिएको मात्र हो भन्नुभयो ।

उहाँले एमसिसी सम्झौता व्याख्याका सम्बन्धमा कांग्रेस स्पष्ट रहेको छ भन्दै अन्य राजनीतिक पार्टीलाई थप स्पष्ट बनाउनका लागि र संसद्बाट सहजरुपमा परित गर्न यो आवश्यक भएको हुँदा आफूले यसलाई सकारात्मक रुपमा लिएको धारणा राख्नुभयो । महामन्त्री थापाले आगामी दुई/चार महिनापछि जनतामा सो सम्बन्धमा रहेको भ्रम हट्दै जाने छ भन्नुभयो ।

उहाँले सम्झौताको विरुद्धमा भ्रम फैलाई हल्ला गर्नेलार्ई आगामी पाँच÷सात वर्षसम्म यस सम्बन्धमा प्रश्न सोधिरहनुपर्ने अन्यथा पुनः अन्य कुनै यस्तै प्रकारका विषयमा हल्ला एवं भ्रम फैलाइरहने छन् भन्नुभयो ।

नेकांका उपसभापति धनराज गुरुङले वर्तमान सरकार बाध्यात्मक स्थितिमा गठबन्धन गरिएको स्पष्ट पार्दे चुनावमा गठबन्धन हुदैन र जहाँ जुन परिस्थिति हुन्छ त्यही अनुसार गर्दै जाने धारणा राख्नुभयो । उहाँले कांग्रेस सदैव बहुलवाद र संसदीय पद्दतिमा आधारित पार्टी भएकाले आफ्नो नीति र एजेण्डा लिएर जनता समक्ष जाने हो भन्नुभयो ।