१६ चैत्र २०८०, शुक्रबार

लेग स्पिनर शेन वार्नको निधन

Shane Warne

अस्ट्रेलियन क्रिकेट टोलीका पूर्व बलर शेन वार्नको निधन भएको छ । अस्ट्रेलियन टोलीका पूर्व लेग स्पिनर ५२ वर्षीय वार्नको शुक्रबार ‘शंकास्पद ह्रदयघात’ का कारण निधन भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले पुष्टि गरेका छन् ।

वार्नले सन् १९९२ मा भारतविरुद्धको टेस्ट क्रिकेटबाट अन्तर्राष्ट्रिय क्रिकेटमा ‘डेब्यु’ गरेका थिए । यस्तै, उनले सन् १९९३ मा भएको न्युजिल्यान्डविरुद्धको खेलबाट एकदिवसीय क्रिकेटमा डेब्यु गरेका थिए । उनले सन् २००७ मा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका थिए । वार्न लेग स्पिनमा उत्कृष्ट ‘टर्न’ का लागि विश्वभर प्रख्यात थिए ।

सन् १९६९ को सेप्टेम्बर १३ मा जन्मिएका वार्नले एक सय ४५ टेस्ट र एक सय ९४ एकदिवसीय गरी अस्ट्रेलियाबाट तीन सय ३९ खेल खेलेका छन् ।

उनले टेस्ट क्रिकेटका दुई सय ७३ इनिङ्समा सात सय आठ विकेट लिएका छन् । यस्तै उनले एक सय ९१ एकदिवसीय इनिङ्समा दुई सय ९३ विकेट लिएका छन् । वार्नले टेस्ट र एकदिवसीयमा अस्ट्रेलियाबाट चार हजार एक सय ७२ रन बनाएका छन् ।

    सम्बन्धित समाचार...