४ बैशाख २०८१, मंगलवार

पाँच वर्ष भित्रै एमसीसी सम्पन्न गर्ने सत्ता गठबन्धनको लक्ष्य

MCC

सत्तारुढ गठबन्धनले अमेरिकी सहयोग परियोजना एमसीसीलाई ५ वर्ष भित्रै सम्पन्न गर्ने लक्ष्य राखेको छ ।

विहीवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तागठबन्धनको बैठकले एमसीसीलाई ५ वर्ष भित्रै सम्पन्न गर्ने निर्णय गरेको हो ।

बैठक पछि संचारकर्मीहरुसँग कुरा गर्दै सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले ५ वर्ष भित्रमा करिव ३ सय १५ मिटर ट्रान्समिसन लाइन र अन्तर्राष्ट्रिय स्तरको सडक निर्माण गर्ने लक्ष्य पूरा गर्ने लक्ष्य रहेको बताउनुभयो ।

मुलुकको विद्यमान गरिबी निवारण गरी देशलाई दिगो आर्थिक विकासतर्फ अघि बढाउनतर्फ सरकार प्रतिवद्ध रहेको उहाँको भनाई थियो ।