
नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घ (एनएनआईपीए) ले विभिन्न २७ खेलका उत्कृष्ट खेलाडीलाई १६ औँ एनएनआईपीए स्पोर्टस अवार्ड २०७८ का क्रममा सम्मान गरेको छ ।
एनएनआईपीएले ललितपुरको गोदावरी नगरपालिकामा आयोजित कार्यक्रममा उत्कृष्ट खेलाडीलाई सम्मान गरेको हो ।
सम्मानित हुनेमा आर्चरीका ज्ञानु अवाले, एथलेटिक्सका किरण सिंह बोगटी, ब्याडमिन्टन प्रिन्स दाहाल, बास्केटबलकी सदिना श्रेष्ठ, बक्सिङकी सुष्मा तामाङ, साइक्लिङका राजेश मगर, फेन्सिङकी अनिता कार्की र गल्फकी कस्मिरा शाह रहेका छन् ।

त्यसैगरी, ह्यान्डबलका विशाल बस्नेत, हक्कीकी अञ्जना चन्द, जिम्न्यास्टिकका रोहन बुढाथोकी, कराँतेका विप्लव श्रेष्ठ, र्याफ्टीङ एन्ड क्यानोनिङका सुमन तामाङ, जुडोकी सुमित्रा राई, स्किका सफल राम श्रेष्ठ र पौडीका अनुभव सुब्बाले उत्कृष्ट खेलाडीको पुरस्कार प्राप्त गरे ।
सुटिङकी कृष्णा थापा, कब्बडीका नागेश्वर थारु, टेबल टेनिसका स्यान्टु श्रेष्ठ, तेक्वान्दोकी पार्वती गुरुङ, ट्रायथ्लनका हिमाल टमटा, लन टेनिसकी अभिलाषा विष्ट, फुटबलका बिराज महर्जन, भलिबलकी अरुणा शाही, वेटलिफ्टिङकी कमला श्रेष्ठ, उसुकी निमा घर्तीमगर र रेस्लिङका सुरेश चुनारा उत्कृष्ट भए । सबै खेलाडीले नगद १० हजार प्राप्त गरे ।
पारा एथलेटिक्सकी पलेसा गोवर्द्धनले उत्कृष्ट पारा खेलाडी सम्मानसहित दश हजार प्राप्त गरिन् ।