
कपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एमसीसी सम्झौता बारे नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली एन्ड कम्पनीले भ्रम फैलाएको आरोप लगाएका छन् ।
समाजवादी पार्टीले राजधानीमा गरेको पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले ओलीलाई देश र जनताप्रति कुनै चिन्ता नभएको टिप्पणी गरे ।
“एमसीसीबारे ओली एन्ड कम्पनी न समर्थन न विरोध । जसले एमसीसीबारे धेरै कामहरु अघि बढाएको थियो । उ संसद्मा एमसीसी अनुमोदन हुँद मुकखर्शक बनेर बस्यो । हाम्रो अस्तित्वबाट आतंकित भएको छ एमाले । हामी वैधानिक रुपमा स्थापित भएको पार्टी हो । हामीलाई कसैले कारबाही गर्न सक्दैन । अदालतमा विचाराधीन विषय संसद्मा उठाउन पाइँदैन । उहाँ (केपी ओली)लाई देश र स्थायित्वप्रति कुनै चिन्ता छैन,” उनले भने ।
उनले थपे,“केपी ओलीका मन्त्रीहरुले आइपिएसको सन्दर्भमा चर्चा गरेका थिए । एमसीसीबारे ओली पक्षका एक शब्द पनि विरोध गरेनन् ।”
अध्यक्ष नेपालले संविधानको धारा ७६ को उपधारा ५ मा कुनै ह्विप लाग्दैन भनेर सर्वोच्चले गरेको फैसलाअन्तर्गत सरकार बनेकाले ओलीलाई संविधान र संसद्को मर्यादाप्रति कुनै पनि चिन्ता नभएको आरोप लगाए ।
“मलाई प्रधानमन्त्रीबाट हटाए, रातदिन यही चिन्ता छ,” उनले भने,“मलाई र झलनाथ खनाललाई पनि हटाएकै हो नि । त्यसैले हटाउँछन् राजनीतिमा यस्तो भइरहन्छ ।”