१५ चैत्र २०८०, बिहीबार

राजनीतिक बार्गेनिङ गर्न खोज्यो एमसीसीलाई लिएर एमालेले: नेपाल

madhav nepal press meet

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीको व्यक्तिवाद र अहंकारले देशमा धेरै राजनीतिक दुर्घटना भएको बताउनुभएको छ ।

मंगलवार आयोजित पत्रकार सम्मेलनमा उहाँले एमसीसी संसदमा सबैभन्दा पहिले ओली आफैंले दर्ता गराएको बताउनुभयो । अहिले एमालेले एमसीसीलाई लिएर राजनीतिक बार्गेनिङ गरेको आरोप अध्यक्ष नेपालले लगाउनुभयो ।

ओलीकै क्याबिनेटका मन्त्रीले एमसीसीलाई आइपीएसमा जोडेपछि एमसीसी विवादित बनेको उहाँले बताउनुभयो । तर पछिल्लो समय जनतामा भ्रम छर्ने काम पनि एमालेले नै गरेको उहाँले दाबी गर्नुभयो । १२ बूँदे व्याख्यात्मक टिप्पणीले जनतामा रहेका भ्रम र आशंका चिर्न खोजिएको उहाँको भनाइ छ ।

दक्षिणपन्थी र आत्मसमर्पणवादमा लागेको ओलीमा देश र जनताप्रति कुनै माया नरहेको बताउनुभयो । ओली कम्युनिष्ट बन्न लायक व्यक्ति नभएको अध्यक्ष नेपालको आरोप थियो ।