८ बैशाख २०८१, शनिबार

आधिकारिक धारणा सार्वजनिक गर्दै एमसीसीबारे एमालेले आज

Uml New office 1024x538 1

अमेरिकी सहयोग परियोजना (एमसीसी) लगायतका वर्तमान परिस्थितिबारे नेकपा एमालेले आज आफ्नो धारणा सार्वजनिक गर्ने भएको छ ।

दिउँसो १ बजे भक्तपुरस्थित जर्मन हाउसमा पत्रकार सम्मेलन गरेर एमालेले एमसीसी लगायत मुलुकको विकसित परिस्थितिबारे आधिकारिक धारणा सार्वजनिक गर्ने तयारी गरेको छ ।

पत्रकार सम्मेलनमा पार्टी अध्यक्ष केपी शर्मा ओली पनि उपस्थित हुने केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिनुभयो ।