
अमेरिकी सहयोग परियोजना (एमसीसी) लगायतका वर्तमान परिस्थितिबारे नेकपा एमालेले आज आफ्नो धारणा सार्वजनिक गर्ने भएको छ ।
दिउँसो १ बजे भक्तपुरस्थित जर्मन हाउसमा पत्रकार सम्मेलन गरेर एमालेले एमसीसी लगायत मुलुकको विकसित परिस्थितिबारे आधिकारिक धारणा सार्वजनिक गर्ने तयारी गरेको छ ।
पत्रकार सम्मेलनमा पार्टी अध्यक्ष केपी शर्मा ओली पनि उपस्थित हुने केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिनुभयो ।