१३ बैशाख २०८१, बिहीबार

रामचन्द्रले प्रचण्ड माधवलाई भनेः एमसीसी फेल गर्ने र सत्तामा बसिरहने सपना नदेख

Ramchandra Poudel
फाइल फोटो

नेपाली कांग्रेसका नेता एवं सत्तारुढ गठबन्धनको राजनीतिक संयन्त्रका संयोजक रामचन्द्र पौडेलले सत्ता गठबन्धन फुट्न सक्ने संकेत गरेका छन् ।

बिहीबार गृह जिल्ला तनहुँ पुगेका पौडेलले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) असफल पनि बनाउने र गठबन्धन पनि कायम राख्ने सपना नदेख्न सत्तासाझेदार दलका नेताहरु पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाललाई चेतावनी दिएका छन् ।

राष्ट्र विकासको महत्वपूर्ण बिषयमा साथ नदिएपछि गठबन्धनमा टाँसिएर बस्नुको औचित्य नभएको पौडेलको भनाइ छ । यस्तै, उनले एमसीसी संसदबाट अनुमोदन गराउन एमाले अध्यक्ष केपी शर्मा ओली भाग्न नमिल्ने पनि बताएका छन् ।

बरु नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसीमा सर्मथन नजनाए पनि केपी ओली भने एमसीसीको पक्षमा रहनु पर्ने पौडेलको जोड छ ।

एमालेले एमसीसी संसदमा दर्ता गराएकोले अहिले अनुमोदन गर्ने बेला भाग्न नमिल्ने पौडेलले बताए ।