
नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङको श्रीमती दीपा तामाङ राष्ट्रिय प्रजातन्त्र पार्टी धादिङको उपाध्यक्षमाचयन भएकी छिन् । कार्यसमिति सदस्यहरुबाट पदाधिकार मनोनयन गर्ने पार्टी विधान अनुसार तामाङलाई उपाध्यक्ष बनाईएको अध्यक्ष ध्रुव खनालले बताए ।
अध्यक्ष खनालका अनुसार कार्य समितिले अध्यक्ष नभएको अवस्थामा अध्यक्षको हैसियतले काम गर्ने जिम्म सहित नीलकण्ठबाट श्यामसिंह ठकुरीलाई पनि उपाध्यक्ष बनाएको छ । यस्तै संगठन विस्तार गर्ने गरी बेनीघाट रोराङबाट उपाध्यक्षमा शालिकराम सिलवाल र पार्टीलाई आवश्यक स्रोत व्यवस्थावन गर्ने जिम्मेवारी सहित रुबीभ्यालीबाट घिसिङको श्रीमती दीपा तामाङलाई उपाध्यक्षमा चयन गरेको हो ।
राष्ट्रिय प्रजातन्त्र पार्टी धादिङले माघको दोस्रो साता १८ जना मनोनित गर्दै ४७ जनाको जिल्ला कमिटी बनाएको थियो । राप्रपा धादिङले जिल्ला अधिबेशनमा निर्वाचित २९ जना र विधान अनुरुप मनोनित १८ जना गरी ४७ जनाको जिल्ला कमिटी बनाएको हो ।