१२ बैशाख २०८१, बुधबार

रहेनन् चर्चित लोकगायक तथा कलाकार जयनन्द लामा

Lama

चर्चित लोकगायक तथा कलाकार जयनन्द लामाको निधन भएको छ । लामाको बुधबार बिहान २ बजे निधन भएको पारिवारिक स्रोतले जानकारी दिएका छन् । उनका दर्जनाै गीत चर्चित छन् ।

राति सुतेका लामाको बिहान ओछ्यानमै निधन भएको हो। निधनको कारण भने खुल्न सकेको छैन।

वि.सं. २०१३ सालमा सिन्धुपाल्चोक बाह्रविसेमा जन्मिएका लामाले लामो समय लोक गीतसंगीतको विधामा अध्ययन तथा अनुसन्धान गरेका थिए ।

करिब पाँच दशकको गायन यात्रामा उनले लोकगीत, दोहोरी, गीति नाटकमा समेत दुई सय गीत गाएका छन्। उनको ‘कलकत्ते काइँयो केश मेरो बांगो’ निकै लोकप्रिय गीत हो। चट्ट परेको चुल्ठी, हेर्दैमा राम्रो, चुइँचुइँ चुइँकने जुत्ता, नाच्यो झिल्के नाच्यो, मूलाको चाना जस्ता गीत पनि चर्चित छन्।

पछिल्लो समय अभिनयमा ब्यस्त लामा अभिनित फिल्म छक्का पन्जा सिरिज चर्चित छन् ।  २०३० सालमा ‘मनको बाँध’ फिल्मबाट अभिनय यात्रा सुरु गरेका लामाले सयभन्दा बढी फिल्ममा अभिनयमा गरेका छन्। उनको अभिनयमा हास्य चरित्र झल्कने गरेको छ।

हाँस्य टेलिश्रृङ्खला हल्का रमाइलाेमा उनी नियमित अभिनय गर्दै थिए । नेपाली लोकदोहोरी संगीतको रियरिलटी शो ‘नेपाल लोकस्टार’को निर्णायकको भूमिकामा आबद्ध थिए ।

सर्जक तथा स्रष्टाहरुले उनको निधनले नेपाली लोकगीत संगीतको क्षेत्रमा अपूरणीय क्षति पुगेको बताएका छन् ।

    सम्बन्धित समाचार...