१६ चैत्र २०८०, शुक्रबार

चितवनमा किर्ते गरि मोटरसाइकल विक्री गर्ने एक जना पक्राउ

pakrau bike chori

चितवनमा किर्ते सवारी दर्ता किताब तयार गरि मोटरसाइकल विक्री वितरण गर्ने एक जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनले गोप्य सूचनाको आधारमा भरतपुर–१० स्थित रिजाल चोकबाट सर्लाहीको हरिवन नगरपालिका–१ का ३२ वर्षीय सुमित साहलाई पक्राउ गरेको हो । उनलाई चितवन जिल्ला अदालतमा पेश गरिएको छ ।

गत भदौं २७ गते चितवन प्रहरीले चोरीका विभिन्न कम्पनीका ६ वटा मोटरसाईकल र ८ जनालाई ब्यक्तिलाई पक्राउ गरेको थियो । उनीहरुलाई चितवन जिल्ला अदालतमा पेश गरिएको थियो । सोही मुद्धामा संलग्न भई फरार रहेका साहलाई प्रहरीले पक्राउ गर्न सफल भएको हो ।