११ बैशाख २०८१, मंगलवार

(प्रेस वक्तव्य) एमसीसी फिर्ता लैजान अमेरिका सरकारलाई बामदेव गौतमको आग्रह

bamdev gautam

राष्ट्रिय सभाका सदस्य बामदेव गौतमले एमसीसी फिर्ता लैजान अमेरिका सरकारलाई आग्रह गरेका छन् । उनले मंगलबार विज्ञप्ति जारी गर्दै एमसीसी सम्झौताका कारण अमेरिका र नेपालबीचको सम्झौता तलमाथि पर्न सक्ने भन्दै फिर्ता लैजान आग्रह गरेका हुन् ।

‘यो सम्झौताले ७४ वर्ष हिलेदेखि अविछिन्न मित्रता रहेको संयुक्त राज्य अमेरिकासँग नेपालको सम्बन्धमा केही तल माथि प¥यो भने यसको सम्पूर्ण दोष आफूलाई चुकेल्याङ ठान्ने खलनायकहरुले नै बोक्नुपर्नेछ’ उनले विज्ञप्तिमा भनेका छन्, ‘‘म फेरि पनि अमेरिकी सरकारलाई विनम्रतापूर्वक यो परियोजना फिर्ता लैजान अनुरोध गर्दछु ।’

प्रेस वक्तव्य

Bamdev gautam press realese