१३ बैशाख २०८१, बिहीबार

प्रविणता प्रमाण पत्र तहको शैशिक्षक प्रमाणपत्र फुटबलर हरि खड्को नक्कली

hari
फाइल फोटो

नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान हरि खड्कालाई भ्रष्टाचार मुद्दामा विशेष अदालतले बिहीबार दोषी ठहर गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको नक्कली शैक्षिक प्रमाणपत्र मुद्दामा फुटबलर खड्कालाई दोषी ठहर गरेको हो ।

अदालतले खड्काको सबै प्रमाण हेर्दा थप छानविन आवश्यक नदेखिएपछि उहाँलाई दोषी ठहर गर्दै पाँच हजार रुपियाँ जरिवाना तोकिएको पनि उल्लेख गरेको छ ।

अख्तियारले खड्काविरुद्ध गत माघ १२ गते मुद्दा दायर गरेको थियो । विशेष अदालतका न्यायाधिशद्वय अब्दिल अजिज मुसलमान र नित्यान्द पाण्डेको इजलासले खड्कालाई दोषी ठहर गर्ने फैसला सुनाएको हो । पूर्पक्षका लागि उपस्थित भएका खड्काको मुद्दाको पहिलो सुनुवाईमा नै विशेष अदालतले खड्कालाई दोषी ठहर गरेको हो ।

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान (केन्द्रिय खेलकुद समिति) मा कार्यरत सई खडकाको आइए (प्रविणता प्रमाण पत्र तह) को शैशिक्षक प्रमाणपत्र नक्कली रहेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो । छानविनका क्रममा दोषी ठहर गर्दै अख्तियारले खड्कविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

खड्काले माध्यामिक शिक्षा परिषद् बाराणाशी उत्तरप्रदेश भारतबाट जारी भएको शैक्षिक योग्यता (आईएको) को झुठा प्रमाणपत्र पेश गरी सोही प्रमाणपत्रका आधारमा २०५५ कात्तिक १ गते खुला प्रतिस्पर्धाबाट प्रहरी सहायक निरीक्षक (असई) पदमा नियुक्त भएको अख्तियारले दाबी गरेको थियो ।

प्रहरी सेवामा निरन्तर बहाल रही खड्काले २०५९ पुस १४ मा प्रहरी नायब निरीक्षक पदमा बढुवा भई नेपाल सरकारलाई हानी नोक्सानी पु¥याएको देखिएको पनि अदालतले ठहर गरेको छ । खड्काले ६ वर्षअघि नै प्रहरी सेजाबाट राजीनामा दिनुभएको थियो ।

    सम्बन्धित समाचार...