१५ बैशाख २०८१, शनिबार

सहकार्यका लागि काँग्रेस नेताले थाले ओलीसँग संवाद

oli with deuba 1024x550 1
फाइल फोटो

नेपाली काँग्रेसका नेता मिनेन्द्र रिजालले प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । आज रिजाल ओलीलाई भेट्न उनको निवास बालकोट पुगेका थिए ।

एमसीसीका विषयमा सत्ता गठबन्धनमा खटपट भइरहेको बेला रिजाल ओलीलाई भेट्न बालकोट पुग्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । ओलीका प्रेस संयोजक रामशरण बजगाइँका अनुसार उनीहरु बिची करिब एक घण्टा कुराकानी भएको थियो ।

उनले भने, ‘एमसीसीको विषयमा कुराकानी भएको हो । तर उहाँहरुकै बीचमा कुरा छिनिएको छैन । त्यसैले उहाँहरुको कुरा छिनिएरपछि बल्ल एमालेले धारणा बनाउछ भन्नेर अध्यक्ष ज्यूले भन्नु भएको छ ।

’माओवादीले यथास्थितिमा जबरजस्ती एसमीसी टेबल गरिए सरकार छोड्ने चेतवानी दिएपछि काँग्रेसले एमालेसँग सम्वाद बढाएको छ । आज पाँच बजे सत्तारुढ पाँच दलको बैठक बस्नुअघि रिजालले ओलीलाई भेटेका हुन् ।