१३ बैशाख २०८१, बिहीबार

करिब एक लाख म्यादी प्रहरी भर्ना गर्ने तयारी

madi police

स्थानीय तह निर्वाचनका लागि एक लाख बढी म्यादी प्रहरी भर्ना गर्ने तयारी भएको छ । प्रहरी प्रधान कार्यालय नक्साले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वानचको लागि करिब एक लाख बढी म्यादी प्रहरी आवश्यक पर्ने आकलन गरेको छ ।

प्रहरी पधान कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक एवं प्रवक्ता विष्णुकुमार केसीले देशभर एकै चरणमा चुनाव गर्दा धेरै म्यादी प्रहरी आवश्यक हुने हुँदा सोही अनुसार तयारी भइरहेको बताउनुभयो ।

स्थानीय हत निर्वाचनको सुरक्षाका लागि नेपाल प्रहरी तयार रहेको र म्यादी प्रहरी भर्ना गर्नेबारे तयारी भइरहेको प्रवक्ता केसीको भनाइ छ ।

उहाँका अनुसार निर्वाचनका लागि भर्ना हुने म्यादी प्रहरीले ५० दिनको सेवा सुविधान पाउने छन् । ‘स्थानीय तह निर्वाचनमा करिब एक लाख बढी म्यादी प्रहरी आवश्यक पर्ने अनुमान गरेको छौं । म्यादी भर्नाका लागि तयारी भइसकेको छ । यसको लागि केही समय लाग्छ । भर्ना हुने म्यादीले ५० दिनको सेवा सुविधा पाउने छन्,’ उहाँले भन्नुभयो ।

५० दिनका लागि भर्ना भएका म्यादी प्रहरीले चुनाव सकिएको ८–१० दिनसम्म काम गर्न पाउने प्रवक्ता केसीको भनाइ छ ।

, २०७४ मा दुई चरणमा स्थानीय तह निर्वाचन भएको थियो । सो निर्वाचनमा ७५ हजार म्यादी प्रहरी परिचालन गरिएको थियो । साथै सरकारले दुई लाख २६ हजार सुरक्षाकर्मी परिचालन गरेको थियो ।

त्यसबेलाको स्थानीय तह निर्वाचनमा सरकारले नेपाली सेनालाई बाहिरी घेरामा परिचालन गरेको थियो भने पहिलो घेरामा नेपाल प्रहरी र दोस्रोमा सशस्त्र प्रहरी परिचालन गरिएको थियो ।

यता, गत माघ १९ गते बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले स्थानीय तह निर्वाचनका लागि आवश्यक सुरक्षा योजना बनाएर पेश गर्न चार वटै सुरक्षा निकायलाई निदेएशन दिएको थियो ।