११ बैशाख २०८१, मंगलवार

एक्लैले भए पनि कांग्रेस एमसीसी प्रस्ताव संसद्‌मा टेबुल गर्छ : सहमहामन्त्री उपाध्याय

Dina upadhya

नेपाली कांग्रेसकी सहमहामन्त्री महालक्ष्मी उपाध्यय ‘डिना’ले सत्तागठबन्धनमा आबद्ध दलले साथ नदिए कांग्रेसले एक्लै एमसीसी प्रस्ताव सदनमा टेबुल गर्ने बताएकी छन् ।

उनले माओवादी एमसीसीको विपक्षमा उभिए कांंग्रेस एक्लैले एमसीसी प्रस्ताव सदनमा टेबल गर्ने बताएकी हुन् ।

उनले भनिन्, ‘माओवादी कांग्रेस नेतृत्वको सरकार र पाँच दलीय गठबन्धनबाट भागेर जान्छ भने जाओस्, एमसीसी सदनमा टेबुल हुन्छ । त्यसपछि एमसीसीको पक्षमा समर्थन जुटाउने गृहकार्य गर्छ ।’

एमसीसी सदनबाट अनुमोदन गराउनुपर्नेमा कांग्रेस स्पष्ट भएकाले अन्य दलको सहयोगबिना एमसीसी टेबल गराउने उनले बताइन् । टेबल गराइसकेपछिको नतिजाको सामना गर्ने सामर्थ्य पनि कांग्रेससँग रहेको सहमहामन्त्री उपाध्ययको भनाइ छ ।