६ बैशाख २०८१, बिहीबार

प्रसिद्ध गायक तथा संगीतकार बप्पी लाहिरी निधन

bapi

भारतका प्रसिद्ध गायक तथा संगीतकार बप्पी लाहिरी निधन भएकाे छ ।

आज बिहान मुम्बई अस्पतालमा लाहिरी ६९ वर्षको उमेरमा निधन भएकाे भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

लाहिरी ले १९७०–८० को दशकमा भारतीय चलचित्रमा डिस्को थिमका धेरै चर्चित गीतमा संगीत भरेका थिए। ‘चलते चलते’, ‘डिस्को डान्सर’ जस्ता लोकप्रिय चलचित्रमा उनले संगीत दिएका छन्। उनले पछिल्लोपटक सन् २०२० मा आएको हिन्दी चलचित्र बागी–३ को गीतका लागि संगीत सिर्जना गरेका थिए।

लहरीको जन्म सन् १९५२ को २७ नोभेम्बरमा पश्चिम बंगालको जलपाइगुडीमा भएको थियो। उनको नाम आलोकेश ‘बप्पी’ लहरी थियो। उनले चलचित्रका लागि बप्पी लहरी नाम चयन गरे।

उनका मातापिता अपरेश लहरी र बंसारी लहरी बांग्ला गायक तथा शास्त्रीय संगीतकार थिए। बप्पीले तीन वर्ष हुँदा नै तबला बजाउन सुरु गरेका थिए।

    सम्बन्धित समाचार...