१६ चैत्र २०८०, शुक्रबार

एकैसाथ १४२ जना राप्रपामा प्रवेश

bikram

पूर्वी चितवनमा बिभिन्न पार्टी परित्याग गरी १४२ जना राप्रपामा प्रवेश गरेका छन् ।

चितवन क्षेत्र नम्बर १ ले आयोजना गरेको क्षेत्रीय भेला तथा पार्टी प्रवेश कार्यक्रममा अधिकांश युवाहरु राप्रपामा प्रवेश गरेका हुन् ।
नवप्रवेशीहरुलाई राप्रपाका वरिष्ठ उपाध्यक्ष विक्रम पाण्डेले टिका तथा खादा लगाएर स्वागत गरे ।

सोही भेलाले क्षेत्री नम्बर १ क र ख को समितिमा पदाधिकारी तथा सदस्यमा समेत मनोनित गरेको छ । क्षेत्र नम्बर १ (क) को उपाध्यक्षमा मञ्जु बर्तौला, हरिबहादुर थापा, सचिवमा सागर पाण्डे, गणेशजंग रायमाझी, सहसचिवमा शम्भु अधिकारी चयन भएका छन् । यस्तै सदस्यहरुमा शालिग्राम पाठक, तेजप्रसाद डल्लाकोटी, अर्जुन पुरी चयन भएका छन् ।