१६ चैत्र २०८०, शुक्रबार

अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन पास गर्नुको विकल्प नरहेको प्रधानमन्त्री देउवाको प्रष्टीकरण

deuwa

प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पास गर्नुको विकल्प नरहेको बताउनुभएको छ ।

नयाँ बानेश्वरस्थित संसद् भवनमा आज बसेको कांग्रेस संसदीय दलको बैठकमा का‌ंग्रेस सभापति समेत रहेका प्रधानमन्त्री देउवाले एमसीसी नेपालको हितमा रहेकाले त्यसलाई पास गर्नुको विकल्प नरहेको बताउनुभएको हो ।

बैठकबाट बाहिरिने क्रममा सांसद सशांक कोइरालाले प्रधानमन्त्री देउवाले एमसीसी पास गर्नुपर्छ भनेर बिफ्रिङ गरेको र बैठकमा त्यही विषयमा छलफल भएको जानकारी दिए ।

बैठकमा पूर्वअर्थमन्त्री समेत रहेका कांग्रेस नेता डा रामशरण महतले एमसीसीविरुद्धका भ्रम चिर्न आफ्ना पार्टीका सांसदहरुलाई आग्रह गर्नुभएको छ ।

एमसीसीबारे ब्रिफिङ गर्दै उहाले कांग्रेस एमसीसी इन्डो प्यासेफिक अन्तर्गत नभई विशुद्ध विकास परियोजना भएको बताउनुभयो ।

प्रधानमन्त्री देउवाले बैठकबाटै सभामुख अग्निप्रसाद सापकोटालाई फोन गरेर कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाउन आग्रह गर्नुभएको थियो ।

भोलि बस्ने प्रतिनिधि सभा बैठकमा सरकारले एमसीसी प्रस्ताव टेबल गर्ने तयारी गरेको छ । कांग्रेस एमसीसी पास गर्ने पक्षमा छ।