१३ बैशाख २०८१, बिहीबार

फागुन २० देखि कांग्रेसको घरघर जाऔँ, कांग्रेस जिताऔँ अभियान

nepali congress

नेपाली कांग्रेसले स्थानीय तह निर्वाचन केन्द्रीत अभियान सञ्चालन गर्ने भएको छ ।

सानेपास्थित पार्टी कार्यालयमा मंगलबार बसेको कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले ‘घरघर जाऔँ, कांग्रेस जिताऔैँ’ अभियान गर्ने निर्णय गरेको हो ।

कांग्रेसको आज बसेको बैठकले ‘घरघर जाऔँ, कांग्रेस जिताऔैँ’ अभियान गर्ने निर्णय गरेको बैठकपछि नेता डा प्रकाशशरण महतले बताउनुभयो । उहाँका अनुसार अभियान २० फागुन देखि चैत्र २० सम्म सम्म चल्ने छ ।