१५ चैत्र २०८०, बिहीबार

सर्वदलीय बैठक एमालेले बहिस्कार गर्ने, सभामुखविरुद्ध महाभियोगको तयारी

agni sapkota
फाइल फोटो

सभामुख अग्निप्रसाद सापकोटाले बोलाउनुभएको सर्वदलीय बैठक प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले बहिस्कार गर्ने भएको छ ।

सभामुख सापकोटाले सोमबार दिउसो २ बजेलाई सर्वदलीय बैठक बोलाउनुभएको छ । महाभियोग दर्ता भएपछि महाभियोग परामर्श समिति गठन गर्न सभामुख सापकोटाले सर्वदलीय बैठक बोलाउनुभएको हो ।

नेकपा एमालेका नेता तथा सांसद शेरबहादुर तामाङले सभामुखले बोलाएको सर्वदलीय बैठक एमालेले बहिस्कार गर्ने निर्णय भएको बताउनुभयो ।

सभामुखप्रति नै एमालेको असहमति रहँदै आएकोले उहाँले बोलाएको बैठकमा जानुको अर्थ नरहने एमालेको निष्कर्ष रहेको तामाङको भनाइ छ ।

नेकपा एमाले उच्च स्रोतका अनुसार एमालेले आजै सभामुख सापकोटाविरुद्ध महाभियोग प्रस्ताव लैजाने तयारी समेत गरेको छ । आज विहान ११ बजे बस्ने संसदीय दलको बैठकपछि महाभियोग प्रस्तावको प्रक्रिया अघि बढ्नसने एमाले अध्यक्ष केपी ओली निकट एक नेताले बताउनुभयो ।

आइतबार साँझ बसेको एमाले सचिवालय बैठकले सत्तारुढ दलले प्रधानन्यायाधीशमाथि महाभियोग प्रस्ताव लोकतन्त्रमाथिको प्रहार, संघीय लोकतान्त्रिक गणतन्त्र र सुदृढ हुदै गएको राजनीतिक प्रणालीलाई अस्थिर बनाउने र नियन्त्रित अस्थिरता सिर्जना गर्ने उदेश्य अनुसार अघि बढाएको निश्कर्ष निकालेको थियो ।