७ बैशाख २०८१, शुक्रबार

सन्दीप लामिछानेले यस वर्ष पनि आइपीएल खेल्न नपाउने भए

sandip lamichhane
फाइल फोटो

नेपालका ग्लोबल आइकन सन्दीप लामिछानेले यस वर्ष पनि आइपीएल खेल्न नपाउने भएका छन् । शनिबार राती भएको अक्सनमा सन्दीपलाई कुनै पनि टिमले किनेनन् ।

उनको न्युनतम मूल्य ४० लाख भारु थियो । तर उनलाई खरिद गर्न कुनै पनि टिमले चाँसो देखाएनन् । गएको वर्ष पनि सन्दीप बिक्न सकेका थिएनन् ।

दिल्ली क्यापिटल्सबाट लगातार तीन वर्ष आइपीएल खेलेका सन्दीप पछिल्लो दुई वर्षयता टिमको रोजाईमा पर्न छाडेका छन् । आइपीएल खेल्ने उनी एक मात्रै नेपाली खेलाडी हुन् ।