८ बैशाख २०८१, शनिबार

युट्युबमा ‘डमरुको डण्डिबियो’

damaru dandibiyo 1

अभिनेता खगेन्द्र लामिछाने मुख्य भूमिकामा रहेको नेपाली फिल्म ‘डमरुको डण्डिबियो’ युट्युबमा रिलिज भएको छ। लामिछानेसँगै फिल्ममा अनुप बराल, मेनुका प्रधान, बुद्धि तामाङ, अंकित खड्का, लक्ष्मि बर्देवालगायतका कलाकारको अभिनय रहेको छ।

‘डमरुको डण्डिबियो’ सन् २०१८ मा सिनेमा हलमा लागेको थियो। फिल्ममा नेपालको मौलिक खेल डण्डिबियोसँग जोडिएको कथा समेटिएको छ। फिल्ममा डमरु (खगेन्द्र लामिछाने)ले पुरानो खेल डण्डिबियोलाई पुनर्जन्म दिन गरेको संघर्ष फिल्ममा देखाइएको छ।

फिल्लमा खगेन्द्रसँगै मेनुका प्रधान मालाको भूमिकामा छिन्। त्यस्तै, बुद्धि तामाङ्ग ‘मुखिया’, अनुप बराल ‘योगेन्द्र’, लक्ष्मी बर्देवा ‘निर्मला’, आशान्त शर्मा ‘काशिराम’को भूमिकामा देखिएका छन्।

फिल्मलाई छेतन गुरुङले निर्देशन गरेका हुन्। फिल्मको लेखन खगेन्द्र लामिछानेले नै गरेका हुन्। शुक्रबार युट्युबमा रिलिज भएको फिल्म अहिले युट्युबको ट्रेण्डिङमा पुगेको छ।