१५ चैत्र २०८०, बिहीबार

शानदार जित नेपालको ओमानमाथि

nepal vs oman cricket

चारदेशीय टी–ट्वान्टी क्रिकेट सिरिज अन्तर्गत नेपालले पहिलो खेलमा ओमान माथि शानदार जित हासिल गरेको छ ।

अल अमेरात क्रिकेट ग्राउन्डमा आयोजक ओमानलाई ६ विकेटले पराजित गरी नेपालले जितको शुरुवात गरेको हो ।

ओमानले दिएको १३६ रनको लक्ष्य नेपालले ३ बल खेल्न बाँकी छदा ४ विकेटको क्षतिमा पूरा गर्‍यो।

नेपालका लागिदीपेन्द्र सिंह ऐरीले सर्वाधिक ७३ रन जोडे । दीपेन्द्रले ५३ बल खेल्दा ८ चौका र एक छक्का हिर्काए ।

दीपेन्द्रको टी–ट्वान्टीमा सर्वाधिक रन हो । यस अघि उनले ६० रन बनाएका थिए ।

आरिफ शेखले २५, आसिफ शेखले १४, ज्ञानेन्द्र मल्लले १३, प्रदिप ऐरीले ४ रन तथा शरद भेषावकरले जोडे ।

ओमानका कलिमुल्लाहले २ विकेट लिए भने खवार अलीले १ विकेट हात पारे ।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको ओमानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउदै १ सय ३५ रन जोड्यो ।

ओमानका लागि मोहम्मद नदिमले अविजित ४३ तथा जिसन मक्सुदले ३१ रनको योगदान गरे ।

९ दशमबल ३ ओभरमा ४ विकेट गुमाएर ५८ रन बनाएको ओमानको इनिङ्स उकास्न जिसन र मोहमदले पाँचौ विकेटका लागि ६१ रनको साझेदारी गरे ।

जातिन्दर सिंहले १३, अयान खान ११ तथा कस्यप प्रजापतिले ११ रन जोडे ।

नेपालका लागि अविनाश बोहराले सर्वाधिक ३ विकेट लिए ।

कप्तान सन्दीप लामिछाने, कमल ऐरी, र आरिफ शेखले एक–एक विकेट हात पारे ।

सिरिजको दोसो खेलमा नेपालले शनिबार युएई र सोमबार आयरल्यान्डसँग खेल्नेछ।

सिरिजलगत्तै नेपालले ओमानमै टी-२० विश्वकपको विश्व छनोट खेल्नेछ।