८ बैशाख २०८१, शनिबार

तीनवटै निर्वाचनमा बहुमत ल्याउँछौँ : ओली

Kp Oli 1

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले स्थानीय, प्रदेश र संघका तीनवटै चुनावमा आफ्नो पार्टीले बहुमत ल्याउने दाबी गरेका छन् ।

स्थानीय तहको चुनावको सन्दर्भमा एमालेले आयोजना गरेको प्रशिक्षण र अभिमुखीकरण कार्यक्रमलाई शुक्रबार सम्बोधन गर्दै अहिले सत्ता गठबन्धनलाई पराजित गर्ने दाबी गरे ।

“आउँदो निर्वाचनमा हामी बहुमत जित्छौँ अरु के गर्लान् विचरा ! भाग्ने उम्कने ठाउँ छ भने खोजे हुन्छ । संघीय र प्रदेशमा पनि हामी आगामी निर्वाचनमा बहुमत प्राप्त गर्नेछौँ । गठबन्धनसँगै लडेर बहुमत प्राप्त गर्नेछौँ,” उनले भने ।

उनले अब मतपत्र च्यातेर चुनाव जित्ने सपना नदेख्न आग्रह गरे । “अब निर्वाचनमा बत्ती निभाएर मतपत्र च्यातेर जित्ने सपना नदेखे हुन्छ,” ओलीले भने । उनले पार्टी विभाजनको असर कम नै रहेको दाबी गरे ।