१३ बैशाख २०८१, बिहीबार

अन्तिम समयमा स्थगित हुनुका सात कारण माओवादी केन्द्र बैठक

sthai kamiti baithak maoist scaled
फाइल फोटो

नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक भोलि र पर्सी काठमाडौंमा गर्ने तय भएको थियो । करिब एक महिनाअघि नै तय भएको बैठक अन्तिम समयमा आएर स्थगित गरिएको छ ।

बैठक स्थगित गर्नुको कारण भने ‘कोभिड’ भनिएको छ । तर, कोभिड त एउटा बहाना मात्र भएको माओवादीका नेताहरु बताउँछन् ।

पछिल्लो समय पार्टी नेतृत्व एमसीसी प्रकरणमा विवादित बनेका छन् । सो विवादले गर्दा प्रचण्ड अहिले तनावमा पनि छन् ।

कोभिडको बहाना बनाएर बैठक स्थगित गर्दैगर्दा आन्तरिक रुपमा एमसीसी प्रकरण साम्य हुने स्थिति बन्ने पनि आंकलन छ । तर, केन्द्रीय सदस्यहरुले भने भोलिदेखि हुने बैठकमा एमसीसीको सवाल जोडदार उठाउने पक्का थियो ।

बैठक स्थगित हुनुको पहिलो कारण भने प्रचण्ड एमसीसी प्रकरणमा दोधारे देखिएकाले भएको नेताहरुको भनाइ छ ।

त्यस्तै, केन्द्रीय समितिको बैठकको पूर्वतयारी नपुगेकाले पनि बैठक स्थगित गर्नुपरेको प्रचण्ड सचिवालयका एक सदस्यले बताए । उनका अनुसार, आन्तरिक रुपमा केन्द्रीय सदस्य मनोनयन तथा पदाधिकारी टुंगो लगाउने विषयमा प्रचण्डले प्रयाप्त छलफल गर्न पाइरहेका थिएनन् ।

एमसीसी विवादसँगै सत्ता गठबन्धन धर्मराएको छ । अहिलेकै स्थितिमा गठबन्धनमा सहभागी भएर जान नसकिने भन्दै प्रचण्ड र माधवकुमार नेपालले प्रधानमन्त्री शेरबहादुर देउवालाई जनाउ दिइसकेका छन् ।

सत्ता गठबन्धनलाई वास्तै नगरी कांग्रेस भने एमसीसी अघि बढाउने पक्षमा पुगेका छन् । यस्तो परिस्थितिमा केन्द्रीय समिति बैठक राख्नुभन्दा विकसित घटनाक्रमले केही मोड लिएपछि बैठक गर्नु उचित हुने निष्कर्षमा प्रचण्ड पुगेको उनी निकट नेताहरुको बुझाइ छ ।