८ बैशाख २०८१, शनिबार

भरतपुरका सबै विद्यालय फागुन १ गतेदेखि खुल्ने

students
फाइल फोटो

फागुन १ गतेदेखि भरतपुर महानगरपालिकाका विद्यालयहरु खुल्ने भएका छन् । भरतपुर महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाले आज एक सूचना जारी गर्दै १ गतेदेखि विद्यालय संचालन हुने जानकारी दिएको हो ।

कोरोना (कोभिड १९) का कारण पुस अन्तिम साताबाट भौतिक उपस्थितिमा पठनपाठन बन्द गरिएको थियो । कोरोना संक्रमण दर कम हुँदै गएको र विद्यार्थीहरुलाई कोरोनाको खोप लगाउने कार्य भइरहेको भन्दै स्वास्थ्य मापदण्ड पालना गरी स्कूल संचालन गर्न भनिएको छ ।

नगर शिक्षा अधिकारी महेन्द्रप्रसाद पौडेलले कुनै विद्यालय वा क्षेत्रमा संक्रमण बढेको अस्वस्थामा आवश्यक निर्णय र सहजिकरण गर्ने जिम्मेवारी वडा शिक्षा समितिलाई प्रदान गरिएको जानकारी दिनुभयो ।

273436767 3577065312519818 2688618736144520530 n 1