१२ बैशाख २०८१, बुधबार

आज १ हजार ३६९ जनामा कोरोना संक्रमण पुष्टि, १२ जनाको निधन

corona insurance

देशभर आज १ हजार ३ सय ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

११ हजार ८ सय ८० जनाको नमुना परीक्षण गर्दा १ हजार ३ सय ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

आज संक्रमित २ हजार २ सय ३८ जना निको भएका छन् भने हालसम्म कुल संक्रमित मध्ये ९५ दशमलव ८ प्रतिशत संक्रमित निको भइसकेका छन् ।

यस्तै आज संक्रमित १२ जनाको निधन भएको छ । यो सँगै नेपालमा हालसम्म कोरोना सङ्क्रमणका कारण निधन हुनेको सङ्ख्या ११ हजार ८ सय ६४ पुगेको छ ।

हाल देशभर २९ हजार ४ जना सक्रिय संक्रमित रहेका छन् । आज २ लाख २० हजार ६ सय १ जनाले कोरोना विरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ ।