१३ बैशाख २०८१, बिहीबार

फिल्मको खोजीमा रहेका अनमोल केसीले साइन गरे ‘हनी बनी’

anmol kc

नायक अनमोल केसीले नयाँ फिल्म ‘हनी बनी’ साइन गरेका छन् ।

लामो समय देखि फिल्म ‘एक्स नाइन’को सुटिङमा जाने भनेर तयारी गरेर बसेका अनमोल सुटिङ अनिश्चित बने पछि फ्लोरमा जाने फिल्मको खोजीमा रहेका थिए जस्मा उनले ‘हनी बनी’ साइन गरेका हुन् । दिवाकर भट्टराईको निर्देशनमा बन्न लागेको यो फिल्मको सुटिङ लन्डनमा हुने चर्चा रहेको छ ।

अनमोलले ‘एक्स नाइन’का लागि भनेर जनवरी फ्रेब्रुअरीको मिति छुट्याएका थिए । फिल्मकै लागि भनेर ज्यान पनि बनाएका थिए । साहाकारी रहेका उनी यसै मांसाहारी समेत बनेका थिए । तर कारण स्पष्ट छैन तर यो फिल्म नबन्ने हल्ला चल्यो ।

यसपछि घरबाटै तीनवटा फिल्म घोषणा गरेका अनमोलसँग घरकै फिल्म गर्ने कि बाहिरका फिल्म गर्ने विकल्प थिए, उनले फेरि एक पटक घरको हैन बाहिरको फिल्म रोज्ने निर्णय गरेका छन् । निर्माण टिम र अनमोलबीच तीन दिनअघि सम्झौता सम्पन्न भइसकेको छ । फिल्म ड्रिम्स र क्यापटेमा सहकार्य गरेका दिवाकरले अनमोललाई लिएर यो तेस्रो सहकार्य गर्न लागेका हुन् ।

क्याप्टेन, ऐश्वर्यालागाएत फिल्म निर्देशन गरेका दिवाकर भटट्राई यो फिल्मको छायाकंन कोरोना माहामारी भन्दा अगाडि नै काम सुरु गर्ने तयारीमा रहेका थिए ।

पासवोर्ड, सम्हालिन्छ कहिले मन’ लगायतको फिल्म निर्माण गरिसकेको कम्पनी एबी इन्टरनेशलको प्रस्तुती रहने यो फिल्ममा गौतम प्रोडक्सन र भ्वाइस फिल्मस् लिमिडेटको सहकार्य रहेको छ ।

निर्माता अमित बस्नेतले दिवाकरसँग पहिलो पटक सहकार्य गर्न लागेका हुने ।

निर्माण टिमले भ्यालेन्टाइनको दिन पोस्टर र टिजर सार्वजनिक गर्ने लक्ष्यसहित अनमोलले फिल्म साइन गरेको कुरा सार्वजनिक गरेको छैन । फिल्ममा अनमोलको जोडी को रहने भन्ने चाहिँ टुंगो गरेको छैन । फिल्मको सुटिङ मार्चमा सुरु हुनेछ ।