१५ चैत्र २०८०, बिहीबार

पौडेलले पनि त्यागे राप्रपा, भन्छन्- दु:खी र भावुक छु

uddhab poudel

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वकोषाध्यक्ष उद्धव पौडेलले पार्टी परित्यागको घोषणा गरेका छन् । पूर्व अध्यक्ष कमल थापाले राप्रपा परित्याग गरेको भोलिपल्ट पौडेलले पनि पार्टी छाडेका हुन् ।

उनले आफूले राप्रपालाई एकताद्ध बनाउन प्रयास गरेको भए पनि सफल हुन नसकेकोमा दु:खी र भावुक भएको उल्लेख गरेका छन् ।

समाजिक सञ्जालमा पौडेलले लेखेका छन्, ‘राप्रपालाई एकताबद्ध बनाउने मेरो भगिरथ प्रयास असफल भएको छ । असफल विद्यार्थीको रुपमा अत्यन्तै दुखी र भावुक छु । राप्रपामा बस्दाको पल सदैब अबिष्मरणिय रहेछ। आजै देखि राप्रपासङ्गको संलग्नता अन्त्य गरेको छु । सबैलाई शुभकामना सहित धन्यवाद ब्यक्त गर्दै बिदा हुन्छु। जय होस् !’

अध्यक्ष हुँदा थापाले पौडेललाई राप्रपाको कोषाध्यक्षमा नियुक्त गरेका थिए । तर महाधिवेशनमा जित हात पारेका राजेन्द्र लिङ्गदेनले चुनावी प्रतिस्पर्धा नगरेका पौडेललाई कार्यसमितिमा मनोनियत गरेका थिएनन् ।