१६ चैत्र २०८०, शुक्रबार

अध्यक्षलाई नसोधी एमाले पदाधिकारी र सदस्यले कार्यक्षेत्र बाहिर जान नपाइने

uml logo1628521956

नेकपा (एमाले)ले नियमावली संशोधन गरेको छ । संशोधित नियमावलीमा सबै तहका पार्टी कमिटीका पदाधिकारी तथा सदस्यहरुले आफ्नो कार्यक्षेत्रबाट बाहिर जानु परेमा अध्यक्षबो जानकारी बिना जान नपाइने व्यवस्था गरेको छ ।

सो पार्टीले नियमावलीमा चौथो संशोधन गर्दै केन्द्रका ३३ विभागमा प्रमुख, उपप्रमुख र सचिवसहित प्रत्येकमा ३५ सदस्य रहने व्यवस्था गरेको छ ।

त्यसैगरि नियमावलीले पार्टी सदस्यता शुल्क मासिक १५ रुपैयाँ कायम गरेको छ । पार्टी सदस्यहरुको लेबीको मासिक ५ रुपैयाँ केन्द्रीय कमिटीमा बुझाउनु पर्ने व्यवस्था पनि गरेको छ ।

सांसद,मन्त्री,प्रधानमन्त्री तथा संघीय सरकारबाट राजनीतिक नियुक्ति लिने व्यक्तिको लेबी केन्द्रीय कमिटीले तोक्ने तथा अन्य जन प्रतिनिधि र नियुक्ति खाने व्यक्तिको लेबी सम्बन्धित कमिटीबाट तोक्ने व्यवस्था गरिएको छ । नियमावलीमा पार्टीका औपचारिक कार्यक्रममा पार्टीका साथै राष्ट्रिय झण्डा र राष्ट्रिय गान अनिवार्य गरेको छ ।

एमालेको संशोधित नियमावलीको पूर्णपाठः-