१३ बैशाख २०८१, बिहीबार

फोर्ब्स अर्बपति सूचीमा चार स्थानमाथि विनोद चौधरी

binod chaudhari विनोद चौधरी

फोर्ब्स अर्बपति सूचीमा नेपाली धनाढ्य विनोद चौधरी चार स्थान माथि पुगेका छन् ।

फोर्ब्स अर्बपतिको आंकडामा सन् २०२१ मा २१ सय ४१ स्थानमा रहेका चौधरी सन् २०२२ को फेब्रुअरी ८ मा २१ सय ३७ स्थानमा नाम अटाउँन सफल भएका हुन् । तथापी उनको सम्पत्ति भने स्थिर देखिएको छ ।

फोर्ब्सले चौधरीको सम्पत्तिमा वृद्धि भएको संकेतस्वरुप ‘ग्रीन सिग्नल’ देखाउँदै चौधरीको कूल सम्पत्ति १ दशमलव ४ बिलियन अमेरिकी डलर रहेको फोर्ब्सले बताएको छ ।

चौधरी सीजी कर्प, नाबिल बैंक, सीजी फुड र वाइ वाइ उत्पादन कम्पनीका मालिक ६६ वर्षिय चौधरी सत्तारुढ दल नेपाली कांग्रेसको मंसिरमा सम्पन्न १४ औं महाधिवेशनबाट केन्द्रिय सदस्यमा समेत निर्वाचित भएका छन् ।