७ बैशाख २०८१, शुक्रबार

(सूचना सहित) भोलिका लागि डाकिएको प्रतिनिधिसभा बैठक स्थगित

nepal parliament building

बुधबार १ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित गरिने भएको छ । सरकारले प्रतिनिधिसभा बैठकको मिति सार्न आग्रह गरेसँगै संसद सचिवालयले सूचना टाँसेर बैठक स्थगित गर्न लागेको हो ।

अब अर्को बैठक फागुन २ गते बस्ने छ । प्रधानमन्त्री शेरबहादुर देउवासँगको सल्लाहपछि कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले सभामुख अग्निप्रसाद सापकोटालाई फोन गरेर बुधबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक सार्न आग्रह गरेका थिए ।

स्रोतका अनुसार प्रधानमन्त्री देउवाले एमसीसीबारे सहमति जुटाउन समय केही समय लिन खोजेको बुझिएको छ । यसअघि प्रतिनिधिसभाको माघ १६ गतेका लागि बोलाइएको बैठक पनि सूचनामार्फत् सारिएको थियो । त्यतिबेला माघ २६ गतेका लागि अर्को बैठकको मिति तोकिएको थियो ।

samsad notice 578x768 1