७ बैशाख २०८१, शुक्रबार

पदकतालिकामा नर्वे र स्विडेन अगाडि

beijing olympics

चीनको बेइजिङमा शुक्रबारबाट सुरु भएको विन्टर ओलम्पिकको पदकतालिकामा नर्वे र स्विडेन अगाडि रहेका छन् । नर्वेले पहिलो दिन नै दुई स्वर्णपदक जितेको थियो । त्यसबाहेक एक कास्यसहित तीन पदकका साथ नर्वे शीर्षमा छ ।

यस्तै स्विडेनले दुई स्वर्णपदक जितेको छ । तेस्रो नम्बरमा रहेको रसियन टोलीले एक स्वर्ण, दुई रजत र एक कास्य पदक जितेका छन् । यस्तै चौथो स्थानमा रहेको नेदरल्यान्ड्सले एक स्वर्ण र एक रजत पदक जितेको छ । त्यसपछि स्लोभेनियाले एक स्वर्ण र एक कास्य, आयोजक चीनले एक स्वर्ण, न्युजिल्यान्डले एक स्वर्ण जितेका छन् ।

त्यसबाहेक इटालीले दुई रजत, क्यानडाले एक रजत र एक कास्य, फ्रान्स, जर्मनी, अमेरिकाले समान एक/एक रजत जितेका छन् । त्यसबाहेक अस्ट्रिया, फिनल्यान्ड, हंगेरी र जापानले एक÷एक कास्य पदक जितेका छन् ।

दोस्रो दिन आइतबार न्युजिल्यान्डकी जिउ साडोक्सीले महिला स्लोपस्टाइल स्नोबोडिङमा स्वर्णपदक जित्नुभयो । विन्टर ओलम्पिकमा न्युजिल्यान्डले जितेको यो पहिलो स्वर्णपदक हो । यस विधामा अमेरिकाकी जुलिया मारियाले रजत र अस्ट्रेलियाकी टेस क्याडीले कास्यपदक जित्नुभयो ।

यस्तै रसियाका अलेक्जेन्डर ब्लोसोनिभले ३० किलोमिटर स्कायाथोलनमा स्वर्णपदक जित्नुभयो । उहाँले डेनिस स्टितोभ र फिनल्यान्डका इभो निकेननलाई पछि पार्नुभयो । स्विडेनका निल्स भान डेर पाउलले स्पिड स्किटिङमा स्वर्णपदक जित्नुभयो । यो १९८८ पछि स्विडेनले ओलम्पिकमा जितेको पहिलो स्वर्णपदकसमेत हो ।

यसअघि पहिलो दिन शनिबार नर्वेकी थिरेसी जोहाङले महिला १५ किलोमिटर क्रस कन्ट्री स्किथलनमा स्वर्णपदक जित्नुभएको थियो । यस्तै नर्वेकै बायथोलन मिक्स रिले टोलीले समेत स्वर्णपदक जितेको छ । टोलीले फ्रान्स र रसियालाई पछाडि पार्दै स्वर्णपदक जितेको हो ।

त्यसबाहेक नेदरल्यान्ड्सका इराने स्काउटनले तीन हजार मिटर स्केटिङमा स्वर्णपदक जित्नुभयो । यो ओलम्पिकको नयाँ कीर्तिमानसमेत हो । स्लोभेनियाका उर्सा बोगातेजले नर्महिल स्की जम्पिङमा स्वर्णपदक जित्नुभयो । यस्तै स्विडेन्सका वल्टर बेलबर्गले पुरुष मोगुल फ्रिस्टाइल स्किइङमा स्वर्णपदक जित्नुभएको छ ।