८ बैशाख २०८१, शनिबार

देशभर एकैचरणमा वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने सरकारको निर्णय

cabinet

सरकारले स्थानीय तहको निर्वाचन वैशाखमा ३० मा गर्ने निर्णय गरेको छ ।

आज बसेको मन्त्रिपरिषद्को बैठकले ३० वैशाखमा निर्वाचन गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । निर्वाचन आयोगले यसअघि जेठ ४ गतेका लागि निर्वाचन मिति प्रस्ताव गरेको थियो ।

आज मन्त्रीपरिषद् बैठक बस्नुअघि सरकारले निर्वाचन आयोगका पदाधिकारीसंग मिति घोषणा बारे परामर्श समेत गरेको थियो ।