७ बैशाख २०८१, शुक्रबार

रियाल, बार्सिलोना र एट्लेटिकोका पूर्व प्रशिक्षकको निधन

former real madrid atletico barcelona coach radomir antic

रियाल मड्रिड, बार्सिलोना र एट्लेटिको मड्रिडका पूर्व प्रशिक्षक राडोमिर एन्टिचको ७१ वर्षको उमेरमा सोमबार मृत्यु भएको छ।

प्रशिक्षकका रुपमा २७ वर्ष सक्रिय रहेका सर्बियाली नागरिक एन्टिचको सबभन्दा बढि प्रभाव भने स्पेनिस फुटबलमा थियो। एट्लेटिकोलाई उनले १९९५–९६ को सिजना ऐतिहासिक रुपमा ला लिगा र कोपा डेल रे गरी दोहोरो उपाधि जिताएका थिए।

एट्लेटिकोमा तीन फरक कार्यकाल काम गरेका एन्टिचको मृत्युमा उनीसँगै काम गरेका वर्तमान प्रमूख कार्यकारी अधिकृत (सिइओ) मिगुअल एन्जेल जिलले भने, ‘एन्टिचको मृत्युसँगै हामीले केही मात्रामा क्लबको मुटु गुमाएका छौं। व्यक्तिगत रुपमा उनीसँग मैले जित्न सिकेको थिएँ। उनले मलाई व्यावसायिकता के हो र लगाबका साथ कसरी बाच्ने भन्ने पनि सिकाएका थिए।’

स्पेनका तीन ठूला क्लबसँगै उनले सर्बियाली राष्ट्रिय टोली, स्पेनिस ला लिगाकै सेलटा भिगोमा पनि काम गरेका थिए। पछिल्लो पटक २०१५ मा उनले चाइना फोर्चुनको नेतृत्व गरेका थिए। एजेन्सी