४ बैशाख २०८१, मंगलवार

सभामुख हटाउन देउवा-ओली मिल्छन त ?

oli with deuba 1024x550 1
फाइल फोटो

एमसीसी समझौता संसदबाट अनुमोदन गर्ने या नगर्ने भन्ने विषयले नेपाली समाज विभाजित छ । त्यस्तै विभाजित दृष्टिकोणले सत्तारुढ गठबन्धनमा समेत खटपट शुरु भएको छ । सत्तँसाझेदारी दलहरुले एमसीसी अनुमोदन गराउन असहयोग गर्ने भए पछि प्रधानमन्त्री देउवाले एमालेको साथ खोज्न थालेका छन । एमालेले पनि प्रधानमन्त्री देउवालाई साथ दिन सभामुख हटाउनु पर्ने प्रस्ताव अघि सारेको छ ।

अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पाेरेसन(एमसीसी) को विषयलाई लिएर सत्ता गठबन्धनमा आवद्ध दलहरुबीच दुरी बढ्न थालेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा एमसीसी पास गर्ने पक्षमा भएपनि सत्तारुढ दल नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी विपक्षमा देखिएपछि प्रधानमन्त्री देउवा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अध्यक्ष ओलीसंग नजिकन थालेका छन् । जसरी पनि एमसीसी पास गर्ने प्रयत्न गरिरहेका प्रधानमन्त्री देउवा सके गठबन्धबाटै नसके एमालेलाई साथमा लिएर भए पनि एमसीसी पास गर्न लागि परिरहेका छन ।

एमसीसी अनुमोदन गराउने विषयमा ओली—देउवाको समान धारणामा छ । एमाले कांग्रेस मिल्दा संसदमा स्पष्ट बहुमत पुग्छ । तर संसदमा सभामुख अग्नि सापकोटा एमाले—कांग्रेसका लागि बादक बनेका छन् ।

एमसीसी संसदमा प्रस्तुत गर्ने सवालमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रिय समझदारी हुनुपर्ने बताउँदै आएका छन । एमाले अध्यक्ष ओलीले एमसीसी पास गर्ने सर्तमा सभामुख सापकोटा हटाउनु पर्ने प्रस्ताव राखेका छन । एमालेबाट फुटेका सांसदहरुलाई कारबाही नगरेको भन्दै अध्यक्ष ओली सभामुख सापकोटाविरुद्ध आक्रमक शैलीमा प्रस्तुत हुँदै आएका छन् ।

एमसीसीकै बहानामा एमालेले गठबन्धन तोड्ने रणनीति समेत लिएको छ । गठबन्धन तोडेर माओवादी केन्द्र र एकीकृत समाजवादीसंग एमालेले बद्ला लिने तयारी गरिरहेको छ । गठबन्धन कयमै रहे आगमी तीनै तहका निर्वाचनमा एमालेलाई धेरै थोरै नोक्सान हुने सहजै अनुमान लगाउन सकिन्छ । यद्यपी एमाले नेताहरुले भने जनतम एमालेको पक्षमा रहेकाले गठबन्धन तोड्न आवश्यक नरहेको दाबी गरेका छन ।

जसरी पनि एमसीसी पास गर्न प्रयत्न गरेको नेपाली कांग्रेसले गठबन्धन कायम राख्न दाहाल—नेपालले एमसीसी पास गराउन सरकारलाई सहयोग गर्नु पर्ने सर्त राखेको छ । एमसीसी पास गर्ने विषयमा एमाले—कांग्रेसको समान धारणा भए पनि सभामुख हटाउने विषयमा भने कांग्रेस भित्र कुनै छलफल नभएको कांग्रेस नेताहरुको भनाइ छ ।

नेपाली कांग्रेसकै नेतालाई बल पुग्ने गरी नेकपा एकीकृत समाजवादीले पनि गठबन्धनमा सभामुख हटाउने कुनै प्रस्ताव पेश नभएको दाबी गरेको छ ।

एमसीसी पास गर्न एमाले कांग्रेसको बहुमत पुगे पनि एमाले अध्यक्ष ओलीको प्रस्ताव अनुसार सभामुख हटाउन भने दुबै दलको मत पुग्दैन । अहिले प्रतिनिधि सभामा २ सय ७१ जना सांसद छन्। त्यसमा एमाले ९८ र कांग्रेसका ६१ जना गरी एमाले कांग्रेसका १ सय ५९ जना सांसद छन। तर दुई तिहाइ पुग्न १८१ जना सांसद चाहिन्छ । जसपा पनि एमसीसीका पक्षमा सकारात्मक भएकाले जसपाका १९ जना सांसदले साथ दिए पनि दुई तिहाईका लागि अझै संख्या पुग्दैन ।

त्यसमा एक सिट मात्र रहेको राप्रपा, नेमकिपा र दुईजना स्वतन्त्र सांसदले साथ दिए भने मात्रै संसदमा दुई तिहाई पुग्छ । तर स्वतन्त्र सांसदले साथ नदिएको अवस्थामा एमाले कांग्रेसलाई लोसपाले साथ दिनु पर्छ ।

प्रधानमन्त्री देउवाले फागुन १६ गते भित्रै एमसीसीबारे संसद्मा औपचारिक जवाफ दिने जानकारी अमेरिकी अधिकारीहरूलाई दिइसकेका छन् । एमसीसी कै कारण सत्तागठबन्धम कायमै रहन्छ अथवा नयाँ समिकरण बनेर नेपालको राजनीति अघि बढ्छ त्यो भने समयले देखाउने छ।