७ बैशाख २०८१, शुक्रबार

हजार बढी कार्यकर्ता सहित काँग्रेसमा प्रवेश कपिलवस्तुका नगर प्रमुख शाह

kapilvastu nagarpramukh

कपिलवस्तुको कृष्णनगर नगरपालिकाका नगर प्रमुख रजतप्रताप शाह नेपाली काँग्रेसमा प्रवेश गर्नुभएको छ। २०७४ सालको स्थानीय तहको निर्वाचनमा शाह कृष्णनगर नगरपालिकाको नगरप्रमुख पदमा विजयी हुनुभएको थियो। स्वतन्त्र उम्मेदवार बनेर नगर प्रमुख बन्नुभएका शाह शनिबार काँग्रेस प्रवेश गर्नुभएको हो।

शाहसँगै कृष्णनगर नगरपालिका ९ का वडाध्यक्ष राममिलन चौरीसहित हजार बढी कार्यकर्ता काँग्रेसमा प्रवेश गर्नुभएकाे छ। वडाध्यक्ष चौधरी स्थानीय तहको निर्वाचनमा स्वतन्त्रबाट निर्वाचित हुनुभएको हाे।

उहाँलाई काँग्रेस लुम्बिनी प्रदेश सभापति अम्बर सिंह पुन, महामन्त्री सुरेन्द्रराज आचार्य, कपिलवस्तु क्षेत्र नम्बर ३ का सासंद अभिषेकप्रताव शाह, अतहर कमाल, जिल्ला सभापति अब्दुल कलाम, पूर्वपार्टी सभापति सुधाकर पाण्डेले स्वागत गर्नुभयो।

नगरप्रमुख शाहले लोकतान्त्रिक पार्टी काँग्रेस भएकाले प्रवेश गरेको बताउनुभयो।

kapilvastu nagarpramukha