
सार्वजनिक क्षेत्रमा खोप कार्ड अनिवार्य भएपछि कोभिडविरुद्धको खोप लगाउनेहरुको भीड लाग्न सुरु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सार्वजनिक सेवा दिने ठाउँ नजिकै कोभिड विरुद्धको खोप केन्द्रको व्यवस्था गरेर सरकारले खोप लिन सहज गराएको हो ।
त्यस्तै हाल सरकारले पनि कारोनाको खोप सबै नागरिकको पहुँचमा पुर्याउन खोप कार्ड नभएकाहरूलाई सार्वजनिक सेवा नदिने नीति लिएको स्पष्टीकरण दिएको छ ।
देशमा पछिल्लो समय खोप लगाउन नागरिक नआउने क्रम बढेपछि सरकारले खोपको दायरा बढाउन यस्तो नीति ल्याएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता डा. संगीता मिश्रले बताइन् ।
उनका अनुसार सरकारले यस्तो नीति लिएपछि हाल देशमा खोप लगाउनेको संख्या बढेको छ भने खोप क्रन्दमा भिड लाग्न सुरु भएको छ ।
सरकारले ल्याएको यो नीतिले नागरिकलाई खोपबाट बञ्चित गराउन वा कसैमाथि विभेद गर्न नदिने उनले बताइन् ।