१३ बैशाख २०८१, बिहीबार

युवतीको शव गाडिएको अवस्थामा फेला

sab ansa 768x442 1

कपिलवस्तुमा गाडेको अवस्थामा युवतीको शव फेला परेको छ । प्रहरीले यसोधारा गाउँपालिका–८ सिंहखोरकी २० वर्षीया रहिसुन निसाको शव गाडेको अवस्थामा फेला पारेको हो ।

निसाको शव उत्खनन गरी पोस्टमार्टमका लागि अस्पताल पठाइएको प्रहरीले जनाएको छ । उनको हत्या गरी गाडेको आशंकामा प्रहरीले उनका २२ वर्षीय श्रीमान् मोहम्मद नसिम अलिभाट र ससुरा ५० वर्षीय अब्बास अलिभाटलाई नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी प्रमुख एसपी दानबहादुर केसी रहिसुन माघ १९ गते राति बिरामी भएको बताएका छन् । त्यसपछि परिवारका सदस्यले झुन्डिएर मृत्यु भएको भन्दै केही छिमेकीलाई बोलाएर मुस्लिम मृत्यु संस्कार अनुसार खाडल खनेर काठमा राखी माथिबाट ढक्कन लगाएर शव गाडिएका थिए ।

घटनाको सूचना पाउना साथ प्रहरीले शवको उत्खनन् गरेको थियो । लगत्तै हत्या आशंकामा मृतकका श्रीमानलाई र ससुरालाई नियन्त्रणमा लिई प्रहरीले अनुसन्धान थालेको जनाएको छ ।