४ बैशाख २०८१, मंगलवार

खेल क्षेत्रलाई सहयोग गर्न सरकार सधैँ तयार छ : प्रधानमन्त्री देउवा

ROS KTM 5635 1024x682 1

प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले खेल क्षेत्रलाई सहयोग गर्न सधैँ तयार रहेको बताउनुभएको छ ।

प्रधानमन्त्री देउवाले विश्व जगतमा नेपाललाई खेल क्षेत्रबाट चिनाउन सहयोग गरेकोमा प्रशंसा गर्दै सरकार खेल र खेलाडीका लागि सहयोग गर्न तयार रहेको बताउनुभयो ।

बङ्गलादेशमा आयोजना भएको एसियन सिनियर सेन्ट्रल जोन भलिबल च्यालेन्ज कपको उपाधि विजेता नेपाली महिला भलिबल टोलीलाई पनि नगदसहित पुरस्कृत गरिएको छ ।

ROS 5471 1024x682 1

प्रधानमन्त्री देउवाले शुक्रवार बालुवाटारमा सेन्ट्रल जोन विजेता महिला भलिबल टोलीलाई नगदसहित पुरस्कृत गर्नुभएको हो ।

प्रधानमन्त्री देउवाले उपाधि विजेता टोलीका १२ जना खेलाडीलाई जनही ५/५ लाख प्रदान गर्नुभएकाे छ । यस्तै २ जना प्रशिक्षकलाई जनही ३ लाख र १ जना अफिसियललाई २ लाख नगदले पुरस्कृत गरिएकाे छ । गत पुसमा ढाका उज्वेकिस्तानलाई ३–२ को सेटमा हराउँदै नेपालको महिला टिम च्याम्पियन बनेको थियो । नेपाल लगातार दोस्रो पटक च्याम्पियन बनेको हो । पुरुषतर्फ भने नेपाल चौथो स्थानमा रहेको थियो ।

प्रधानमन्त्री देउवाले नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्ला अलमुताइरीलाई आज सम्मान गर्नुभयो ।

ROS KTM 5503 1024x682 1

अलमुताइरीको प्रशिक्षणमा नेपाली टोली असोजमा माल्दिभ्समा सम्पन्न साफ च्याम्पियनसिपको फाइनलमा पुगेको थियो ।

टोलीका खेलाडी, सहायक प्रशिक्षकलाई गत महिना सम्मान गर्दा अलमुताइरी नेपाल बाहिर हुनुहुन्थ्याे । साफ च्याम्पियनसिपपछि उहाँ माल्दिभ्सबाट कतार जानुभएकाे थियाे । सरकारले पहिलो पटक साफ च्याम्पियनसिपको फाइनल पुगेको टोलीका २३ खेलाडीलाई जनही ५ लाख र ३ प्रशिक्षकलाई जनही ३ लाख रुपैयाँ प्रदान गरेको हाे ।

माल्दिभ्समा असोजमा सम्पन्न साफ च्याम्पियनसिपको फाइनलमा नेपाल भारतसँग ३–० ले पराजित भएको थियो । दक्षिण एसियाली राष्ट्रको सबैभन्दा प्रतिष्ठित फुटबल च्याम्पियनसिपको ३ दशक लामो इतिहासमा नेपाल पहिलो पटक फाइनल पुगेको थियो ।

ROS KTM 64834414 1024x682 1
ROS KTM 5635 1024x682 1